Go Back India

गो ब्याक इन्डिया !



आफ्नो जमिन, माटो मिचिदा कस्तो पीडा हुन्छ त्यो त देशप्रति माया गर्नेलाई मात्र थाहा हुन्छ । यदि आफ्नो परिचयको माया छ भने हामी जनतालाई कोही मन्त्रीहरु र राष्ट्रप्रमुख नै, चाहिन्छ नभनौं । चाहे ति महिला मन्त्री हुन् या पुरुष ? देश मिचिदा महंगो २४ थरी खाना र महंगा चिजको भन्दा पनि देशको माटोको माया लाग्दछ ।

तरवार र खुकुरीको हात उठाउन तयार रहेको यो हात कलमसँग देशको माटो खोजिरहेकी छु । इतिहासमा पहिलो राष्ट्रप्रमुख र मन्त्रीहरुको नाम राख्न राजनीति नगर साथी हो आफ्नो माटोको र घरको अस्तित्व राख्नुपर्दछ । आफ्नो देश मिचिदा बिद्रोह गर्नु सचेतपना हो जुन आमाको गर्भबाट सिकेर आएका थियौ हामीले ।

खबरदार भारत वा मोदी सरकार,मित्रराष्ट्रको रुपमा प्रस्तुत भएर हाम्रो देश मिच्न र घटाउन पाइर्दैन । संसारमा मिच्ने, टेक्ने, हेप्ने र दास बनाउने कहिल्यै मित्र हुँदैन । त्यो देखावटी साइनो मात्र हो । मित्र बन्नलाई खुरुक्क नेतासँग मिल्ने र पैसा दिने, माटो मिच्ने षड्यन्त्र नगर ।

सक्छौं भने मसँग तर्क गर्न आऊ । हामी पनि हाम्रो देशको मुहार र्फेछौं, ठूलो देश बनाउछौं । जसरी अमेरिकाले बिस्तारवाद गर्दा भारत रिसायो, त्यसैगरी ठूलाले सानालाई हेप्दा हामी पनि रिसाउछौं । विद्रोह गछौं । त्यसैले हेलो इन्डिया हाम्रो जमिन तुरुन्त फिर्ता गर ।

भारतीय प्रधानमन्त्री मोदी र नेपालका नेताहरुको दलालीकरणले मित्रता अन्तर्राष्ट्रियमा घात भएको छ । तर हाम्रो मित्रता नलेखिएको र नहेपिएको छ जुन राजनीतिक षड्यन्त्र बाहिरको छ । हाम्रो देशका र परिवारका सदस्यहरु तिम्रा देशमा रगत बेचेर बसेका छन् ।

पाकिस्तानको सीमानामा नेपाली रगत बगेको छ । यो देश मिचाह भारत सरकारले नेपाली दाजुभाइ प्रयोग गरेर आज नेपालीको मुआब्जा खोस्दैछ । धर्मका नाममा शोषण छ । के मित्रता मिचेर हुन्छ ? हाम्रा देशका नेताहरु शिक्षित र र्बौद्धिक छैनन् ।

जसले जे भने पनि जे गरे पनि तिमीले हडेपेको भूमि हाम्रो हो र फिर्ता गर्नुपर्छ । हामीलाई हाम्रो देश र माटोको माया लाग्छ । त्रिपच्छीय मित्रता भएको नेपाल, भारत र चीनसँग रहेको मित्रता शदिऔं सम्म टिक्नु र टिकाउनु पर्छ । तर आज भारत नेपाललाई सानो मुलुक भनेर सिमाना मिच्दै हिडेको छ ।

अनि कसरी छिमेकी मित्रता राम्रो हुन्छ ? बलात्कारी र दलाल महिलाको ईशारामा चल्नेले देशको लागि लड्दैनन् यो निश्चित पनि हो । त्यसैले खबरदार भन्न चाहन्छौं भारत सरकारलाई । हामी हाम्रो माटोको इतिहास कोरेर विश्वसामु भारतीय विस्तारवादको दरोसँग विरोध गर्दछौं । हैन भने नेपाली माटो तुरुन्त फिर्ता हुनु पर्यो ।

खबरदार नेपालका राजनीति गर्ने नेता, पदको कुर्चिमा बसेका मन्त्री र अन्य निकायहरु हामीलाई देशको माटो, नेपाली मानव अस्तित्वको नेतृत्व चाहिन्छ । कुनै राष्ट्रघाती र राष्ट्रघात गर्ने मन्त्री वा अरु कुनै प्रतिनिधित्व हैन, देश बेच्न पाईदैन । सत्य कुरा बोल्दा घरपरिवार आफन्तदेखि साथीहरुसम्म तितो हुन्छ तर यहाँ सच्चा र असल काम गर्नेको खाँचो छ । खबरदार हाम्रो जमिन पुरानो देखि नयाँ फिर्ता हुनु पर्यो । दार्जिलिङ, सिक्किम, पिथौरागढ, लिपुलेक, नालापानी, कालापानी, लिम्पुआधुरा, नैनितालजस्ता सबै भूभाग फिर्ता हुनुपर्छ ।

नेपाली माटो र आफ्नो अस्तित्वको लागि हामी खुकुरी नचाउछौं, अनि देखाउछों विश्व इतिहासमा नेपाली अस्तित्वको मान गछौं, साथै कलमले कहिल्यै नमर्ने इतिहास र्कोर्छौ । अन्तर्राष्ट्रिय दस्तावेजमा सम्झौता, नेतासँग, मन्त्रीसँग हैन नेपाली जनतासँग गर । खबरदार मित्रराष्ट्रहरु हाम्रो जमिन र माटोमा कसैले आँखा गाड्न पाईदैन । हामीलाई हाम्रो अस्तित्व र देश चाहिन्छ । यो कमलको माध्यमबाट म मेरो देशको माटो मागिरहेको छु ।

यो आन्दोलनमा उत्रिएकालाई प्रक्रन र कारवाही नर्गन सुरक्षाकर्मीसँग समेत समेत अनुरोध गर्दछु साथै सरकारसँग यथासक्य चाँडो सीमा क्षेत्रमा सुरक्षा फौज खटाएर हरदिन सुरक्षा व्यवस्था गरियोस् भनेर माग गर्दछु । कुनै बलात्कारी र दलाल महिलालाई बोकेर, हात मिलाएर जय गर्दै धर्मको, नाममा हिड्न नपरोस् यो लडाईमा । म यो कलमको माध्यमबाट बलात्कारी महिला, सेना, राजनीतिक नेता, कार्यकर्ता, अन्य मान्छेलाई समर्थन गर्न भन्दिन । आफ्नो अस्तित्व र देशको माटोको सुरक्षा गर्नुपर्छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय मित्रता सच्चा हुनुपर्दछ । हामीलाई असल छिमेकी भएको मित्रता चाहिन्छ कुनै राजनीतिक हस्तक्षेपबीनाको । त्यर्सैले भारतीय सरकार हाम्रो जमिन यथासक्य फिर्ता गरेर असल मित्रता बन्ने आँट गर्नु पर्छ । ठूलो देश धेरै क्षेत्रफलले हुदैन मानवीयता, नैतिकता र इमान्दारीताले हुन्छ । मित्रताको नाममा नाटक गर्ने गुण्डागिरी जस्तो व्यवहार नहोस् र मिचावट नहोस् । कसैलाई सिद्धध्याएर ,दास बनाएर ठूलो बनेको राम्रो हुँदैन पनि, सिमाना मिचेर ठूलो राष्ट्र बनिदैन । ठूलो राष्ट्र बन्न त साँचो मित्रता हुनुपर्छ ।

असल छिमेकी भनेर नदि किन्ने, नाम फेर्ने, नेपालकै सम्पदाबाट बनेको बिजुली नेपाललाई बेच्ने, यही हो मित्रता ? जुन पानीको धनी छ त्यसैलाई पानीको भिखारी बनाउने ? यस्तो खाले मित्रता चाहिदैन हामीलाई । हामी अबका दिनमा कालापानी, नालापानी, लिपुलेक मात्र नभएर पुस्तौदेखि हडपिएका हाम्रो सीमाहरुको इतिहास पल्टाएर फिर्ता माग्न चाहन्छौं ।

आज कसैको अस्तित्वमा ब्यईज्यत र षड्यन्त्र गर्ने दलालले देश बेचिरहेको हुन्छ भित्रभित्र । तिनकै परिवारको सुरक्षा छ हाम्रो देशमा । तिनकै बिऊ उत्पादन हुन्छ यो षड्यन्त्रकारी राजनीतिमा ।  माटो हाम्रो प्राण हो । हाम्रो माटो हाम्रो हो । त्यसैले कोही कसैले एक न एक बहानामा भूमि बेच्न पाइदैन । यो कुनै राजनीतिक दल, नेता तथा मन्त्री, प्रधानमन्त्रीको पेवा पनि होइन । यो त हाम्रो नेपालीबीरहरुले लडेर बनाएको देश हो ।

यसमा सबै नेपालीको हक र अधिकार छ । जो हामी रगतको खोलो जतिबगे पनि हडप्न दिदैनौं । हाम्रो देशको सिमाना के कति छ त्यो हामी नेपाली जनतालाई स्पष्ट थाहा छ । भारतीय पक्षले सिकाई राख्नु पनि पर्दैन । अन्तराष्ट्रिय मान्यता र कानून छ यस्तो स्थितिमा देशमा हौवा फैलाउन, देशको अस्तित्व खलबलाउने, अराजकता र्फैलाउने, शान्ति सुरक्षा खलबलाउने जस्ता हर्कत हुनसक्छन् त्यसतर्फ पनि सजक र सर्तकता हुनु जरुरी छ ।

त्यसकारण देशको स्वाधिनतामा आँच नआओस् । स्वाभिमान र नैतिकवान लिएर दासत्वबिना स्वतन्त्र हुन चाहन्छौं । त्यसैले मित्रताको उदाहरण बनोस् मोदी सरकार, पुरानो र नयाँ मिचिएका भाग फिर्ता गरेर । आज नेताहरुले गर्दा देश बनाएको नभएर बेचिएको छ । हरेक सन्धि पछि नेपाली माटो खुम्चिदै गएको छ ।

मित्रताको नाममा झुटको खेती गरिरहेको भारतले सीमाना मिचिरहेको छ । अब हामीले अन्तर्राष्ट्रिय विवाद गरी खोसिएका नेपाली भूमि फिर्ता लिऊ । नेपाल र नेपालीको अस्तित्व जोगाएर देशको मुहार फेरौं ।

पैयू गाउँपालिका ७ पर्वत, हाल ः किर्तिपुर

Comments

Popular posts from this blog

Crow