Go Back India
गो ब्याक इन्डिया ! तिलकुमारी शर्मा (बस्याल) प्रकासित मिति : २०७६ पुस ७, सोमबार २१:३४ प्रकासित समय : २१:३४ आफ्नो जमिन, माटो मिचिदा कस्तो पीडा हुन्छ त्यो त देशप्रति माया गर्नेलाई मात्र थाहा हुन्छ । यदि आफ्नो परिचयको माया छ भने हामी जनतालाई कोही मन्त्रीहरु र राष्ट्रप्रमुख नै, चाहिन्छ नभनौं । चाहे ति महिला मन्त्री हुन् या पुरुष ? देश मिचिदा महंगो २४ थरी खाना र महंगा चिजको भन्दा पनि देशको माटोको माया लाग्दछ । तरवार र खुकुरीको हात उठाउन तयार रहेको यो हात कलमसँग देशको माटो खोजिरहेकी छु । इतिहासमा पहिलो राष्ट्रप्रमुख र मन्त्रीहरुको नाम राख्न राजनीति नगर साथी हो आफ्नो माटोको र घरको अस्तित्व राख्नुपर्दछ । आफ्नो देश मिचिदा बिद्रोह गर्नु सचेतपना हो जुन आमाको गर्भबाट सिकेर आएका थियौ हामीले । खबरदार भारत वा मोदी सरकार,मित्रराष्ट्रको रुपमा प्रस्तुत भएर हाम्रो देश मिच्न र घटाउन पाइर्दैन । संसारमा मिच्ने, टेक्ने, हेप्ने र दास बनाउने कहिल्यै मित्र हुँदैन । त्यो देखावटी साइनो मात्र हो । मित्र बन्नलाई खुरुक्क नेतासँग मिल्ने र पैसा दिने, माटो मिच्ने षड्यन्त्र नगर । सक्छौं भने मसँग तर्क गर्न आऊ...